नियम ११ख
कारोबार रोक्का राख्न सक्ने
(१) कुनै विज्ञापनदाता, सञ्चार माध्यम वा बिज्ञापन एजेन्सीले ऐन, यस नियमावली वा अन्य प्रचलित कानून: बमोजिम विज्ञापनको उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण सम्बन्धी आचारसंहिताको पालना नगरेमा त्यस्तो सञ्चार माध्यम वा विज्ञापन एजेन्सीलाई बोर्डले निश्चित अवधि किटान गरी त्यस्तो अवधिसम्म विज्ञापन वा सूचना दिन वा लिन वा विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण सम्बन्धी कार्य गर्न रोक लगाउन सक्नेछ।
(२) बोर्डले उपनियम (१) बमोजिम रोक लगाएको विज्ञापनदाता, सञ्चार माध्यम वा विज्ञापन एजेन्सीको विवरण .सार्वजनिक गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम बोर्डले कारोबार गर्न रोक लगाएको विज्ञापनदाता, सञ्चार माध्यम वा विज्ञापन एजेन्सीसँग कुनै पनि विज्ञापनदाताले कारोबार गर्न वा गराउनु हुँदैन।